मतदानका लागि आधुनिक प्रविधि अपनाए पनि मतदानमा धेरै समय लागिरेहको मतदाताको गुनासो

 संवाददाता    २०८२, २ पुष बुधबार ११:२०     124 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत काठमाडौँको भृकुटीमण्डपमा अहिले विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भइरहेको छ।

एमालेले मतदानका लागि आधुनिक प्रविधि अपनाए पनि मतदाताहरूले भने मतदानमा धेरै समय लागिरेहको गुनासो गरेका छन्।

मत हालेर निस्किएका एकजना एमाले महाधिवेशन प्रतिनिधिले भने, ‘जान्नेलाई पनि २५ देखि ३० मिनेट लाग्छ। नाम लिस्ट हेर्नुपर्ने व्यक्तिलाई त ५० मिनेटसम्म लाग्छ।’