तोकिएको मितिमा निर्वाचन नभए यो सरकारको औचित्य रहँदैन : वर्षमान पुन

 संवाददाता    २०८२, १ पुष मंगलवार १४:३६     199 जनाले पढ़िसके



Spread the love

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने चेतावनी दिएका छन्।

 

मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले संविधानअनुसार ६ महिनाभित्र निर्वाचन गराउने म्याण्डेटका आधारमा सरकार बनेको भन्दै मिति सार्ने तर्कको औचित्य नभएको बताए।

 

 

‘फागुन २१ मै निर्वाचन गर्नुपर्छ, चुनाव सर्नुको अर्थ संविधान अझ मिचिनु हो,’ पुनले भने, ‘तोकिएको मितिमा निर्वाचन नभए यो सरकारको औचित्य रहँदैन।’

 

उनले समयमै निर्वाचन गरेर मात्रै देशलाई संकटबाट निकास दिन सकिने उल्लेख गरे। साथै, अर्थतन्त्र चलायमान बनाउन पूँजीगत खर्च बढाउन र निजी क्षेत्रका उद्योग-व्यवसायलाई राहत दिन सरकारलाई आग्रह गरे।