सोलुखुम्बुबाट कांग्रेसका बलबहादुर केसी र आङगेलु शेर्पासहित १३ जना सिफारिस

 संवाददाता    २०८२, १ पुष मंगलवार ११:२६     149 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेस सोलुखुम्बुले प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।

केन्द्रीय सदस्य बलबहादुर केसी, आङगेलु शेर्पासहित १३ जनाको नाम प्रतिनिधि सभा प्रत्यक्षतर्फ सिफारिस भएको हो।

जसमा बिनोद बस्नेत, प्रकाश कार्की, रामबहादुर बस्नेत, पासाङ शेर्पा, सुभराम बस्नेत, गणेश बस्नेत, जयप्रसाद राई, चन्द्र आचार्य, नवीन थापा, दावागेलु पाख्रीन, रीना उप्रेतीको नाम सिफारिस भएको हो।

साथै प्रतिनिधिसभा समानुपातिकतर्फ छत्रध्वज बस्नेत, छिन्डिल्हमु शेर्पा, अशोक झा, सरला नाछिरिङ, एककुमारी बस्नेत, गीता गुरुङ, पुजा फुयाल, दुर्गाप्रसाद दर्जीको नाम सिफारिस भएको हो।

साथै राष्ट्रिय सभातर्फ भोजराज कार्की र धर्म नेपालीको नाम सिफारिस भएको छ।