झन्डै नौ वर्षअघिदेखि चर्किएको यमनको गृहयुद्धमा ११ हजारभन्दा बढी बालबालिका मारिएका वा अपांग भएका राष्ट्र संघले जनाएको छ । द्वन्द्वमा ज्यान गुमाउनेको संख्या अझै बढी हुन सक्ने सम्भावना भएको राष्ट्रसंघीय बाल कोष युनिसेफले भनेको छ ।
युद्धका कारण हजारौँ बालबालिकाले ज्यान गुमाइसकेका छन् भने अन्य हजारौँ बालबालिका अझै रोकथाम गर्न सकिने रोग वा भोकमरीबाट मृत्युको जोखिममा छन् । ‘करिब २२ लाख यमनी बालबालिका तीव्र रूपमा कुपोषित छन् ।
तिनीहरूमध्ये एकचौथाइ पाँच वर्षमुनिका छन् र धेरैजसो हैजा, दादुरा र अन्य खोपबाट बच्न सकिने रोगहरूको चरम जोखिममा छन्,’ युनिसेफले भन्यो । सन् २०१४ मा यमनमा युद्ध सुरु भएको थियो । तत्कालै इरान समर्थित हुथी विद्रोहीले राजधानी साना कब्जा गरेको थियो ।