ओलीले महासचिव नदिएपछि मन दुखाएका ज्ञवालीले केन्द्रीय सदस्यमा मत माग्दै भने- ओलीकै टिमलाई जिताऊँ

 संवाददाता    २०८२, १ पुष मंगलवार १०:३१     260 जनाले पढ़िसके



Spread the love

केपी ओलीको टिमबाट महासचिवमा नपरेपछि मन दुखाएका एमाले नेता प्रदीप ज्ञवालीले फेरि पनि ओली नेतृत्वकै टिमलाई विजयी बनाउन आग्रह गरेका छन्।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् ज्ञवालीले एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिसँग यस्तो आग्रह गरेका हुन्।

‘आज महाधिवेशनको सर्वाधिक महत्वपूर्ण र निर्णायक क्षण अर्थात् नयाँ नेतृत्वका लागि मतदान हुँदैछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा (एमाले) को आन्तरिक जीवनका लागि मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने यस महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नु भएको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउनु हुन सबै कमरेडहरूमा हार्दिक अपिल गर्दछु। म हमेशा तपाईँहरूकै बिचमा छु, त्यहीँ रहन्छु।’

साथै आफूले यसपटक पार्टी केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवारी दिएको भन्दै ज्ञवालीले प्रतिनिधिहरूबाट मन र मत दुबै पाउने विश्वास लिएको पनि उल्लेख गरेका छन्।