सुनको मूल्यले लगातार रेकर्ड ब्रेक गर्न थालेको छ। तोलामा एक हजार नौसय रुपैयाँ बढेर सुनको भाउ आज पनि हालसम्मकै सबैभन्दा महँगो बनेको हो।
सुनको मूल्य आज तोलाको दुई लाख ६० हजार सातसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि सुनले अहिलेसम्मकै महँगो बनेको हो।
हिजो प्रतितोला २२ सय रुपैयाँ बढेर सुनको मूल्य दुई लाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ।
प्रतितोला ४५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको तीन हजार आठसय ७० पुगेको महासंघले जनाएको छ।