एकैदिन ७ जिल्लामा आगलागी, ५४ लाखको क्षति

 संवाददाता    २०८२, २९ मंसिर आईतवार १५:१२     97 जनाले पढ़िसके



Spread the love

विभिन्न जिल्लामा भएका आगलागीको घटनामा लाखौँको क्षति भएको छ।

 

पाँचथरको फाल्गुन्नद गाउँपालिका-३ चिम्फुला बस्ने राममती राईको घरमा शनिबार राति आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

 

 

त्यसैगरि झापाको भद्रपुर नगरपालिका- ९ केदारेश्वर बस्ने दिवाकर मैनालीले संचालन गरेको प्रकाश बहुउदेश्य कुखुरा फर्ममा शनिबार राति आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर नष्ट भएको छ।

 

त्यस्तै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-५ काउरे बस्ने कुलबहादुर विकको घरमा शनिबार दिउँसो आगलागी हुँदा करिब ३५ लाख रूपयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

 

 

मोरङको पथरीशनिश्चरे नगरपालिका-३ त्रिवेणी चोक बस्ने राज कुमार लिम्बुको घरमा विद्युत सर्ट भई शनिबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

 

त्यसैगरि सर्लाहीको गोडैता नगरपालिकाश-१२ मधुवनीटोल बस्ने ५० वर्षीय शिवजी पासवानको गोठमा शनिबार बेलुकी आगलागी हुँदा करिब १ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

 

उदयपुरको चौदण्डीगढी नगरपालिका- ३ रमाईलो डाँडा बस्ने ७४ वर्षीय भालु सार्कीको गोठमा शनिबार दिउँसो आगलागी हुँदा करिब १ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

 

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।