एमालेको विधान संशोधन : १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने

 संवाददाता    २०८२, २९ मंसिर आईतवार १४:५२     123 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ । ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव गर्ने निर्णय गरेको हो ।

 

 

बैठकमा ओलीले विधान संशोधनको प्रस्ताव निर्णयार्थ पेस गर्दा बहुमत सदस्यले ताली बजाएर समर्थन गरेपछि पारित भएको घोषणा गरिएको छ । सो निर्णयप्रति वरिष्ठ उपाध्यक्ष पोखरेलले विमति जनाउँदै बैठकमा सम्बोधन गरेका छन् । सुरेन्द्र पाण्डेले पनि संशोधन गर्ने नै भए दुई कार्यकाल र ७० वर्षे उमेर हद हटाउनुपर्ने बताएका थिए ।

 

 

अब बन्दसत्रबाट अध्यक्षसहित, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव तीन, सचिव सात, स्थायी कमिटी ४५, पोलिटब्युरो ९९ समेत ३०१ सदस्यीय केन्द्रीय कमिटी बन्ने स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

 

भदौ अन्तिम साता गोदावरीमा भएको विधान सम्मेलनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवसहित १५ सदस्य रहेको पदाधिकारीसहित दुई सय ५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम गरेको थियो ।