दोस्रो संस्करणको एनपिएल फाइनलमा सुदूरपश्चिमका दुई तथा लुम्बिनीका एक खेलाडी परिवर्तन भए । विदेशी खेलाडीको कोटामा भित्रिएका जेजे स्मितले उपाधि भिडन्त खेल्न पाएनन् ।
लुम्बिनीले उनको स्थानमा मोविन सुभसिंहलालाई समावेश गरेको थियो । स्मिथले सात खेलमा ६ इनिङ्स ब्याटिङ गरी ५६ रन मात्र जोडेका थिए । उनले ६ इनिङ्स बलिङ गर्दै चार विकेट हात पारेका थिए । फाइनलमा स्मितको स्थानमा अवसर पाएका मोबिनले सुदूरपश्चिमविरुद्ध दुई ओभर बलिङ गर्दै १० रन खर्चे ।
यसैगरी सुदूरपश्चिमबाट मिलन बोहराको स्थानमा दीपक बोहराले स्थान पाए । लुम्बिनीविरुद्धको खेलमा उनी गोल्डेन डकआउट भए । रोहित पौडेलको बलमा उनी क्याचआउट भए ।
यसैगरी, मुख्तर अहमदको स्थानमा पुनित मेहराले स्थान पाए । उनी पनि गोल्डेन डकआउट भए । रोहितले ह्याट्रिक विकेटका रूपमा मेहरालाई एलबिडब्लूको धरापमा राखेका थिए ।