मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

 संवाददाता    २०८२, २९ मंसिर आईतवार १३:२२     89 जनाले पढ़िसके



Spread the love

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् । जामुनेबाट पोखरासम्म पर्ने पश्चिमखण्डको आज निरीक्षण गर्दै उनले निर्धारित समयमा काम सम्पन्न गरी आवागमन सहज बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् ।

 

 

मन्त्री घिसिङले पश्चिमखण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको हालसम्म भएको प्रगति विवरणबारे जानकारी लिँदै समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पश्चिमखण्डमा भौतिक प्रगति ५९.७६ प्रतिशत र वित्तीय प्रगति ४७.८० प्रतिशत भएको छ ।

 

 

आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार ४८.८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७.४ किलाेमिटरमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९.६१ किलाेमिटरमा चार लेन र ७.७९ किलाेमिटरमा दुई लेन कालोपत्र सम्पन्न भएको उनले जानकारी दिए ।