सुनको भाउ आज फेरि उच्च भएको छ। प्रतितोला २२ सय रुपैयाँ बढेर सुनको मूल्य आज फेरि दुई लाख ५८ हजार आठसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको असोज ३१ गते पनि सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
दुई महिनाअघि उच्च भएर फेरि घटेकाे सुनकाे मूल्यले आज फेरि उच्च भाउकाे रेकर्ड बनाएको हाे।
गएको शुक्रबार सुनको मूल्य तोलाको दुई लाख ५६ हजार ६ सय पुगेको थियाे।
आज चाँदीको मूल्य भने घटेको छ।
प्रतितोला ८० रुपैयाँ घटेर चाँदीको मूल्य आज तोलाको तीन हजार आठसय २५ पुगेको छ। गएको शुक्रबार चाँदीको भाउ तोलाको तीन हजार नौसय पाँच रुपैयाँ पुगेको थियो।