मोरङमा जंगली हात्तीको आक्रमणबाट एक किसानको मृत्यु

 संवाददाता    २०८२, २९ मंसिर आईतवार १०:५९     127 जनाले पढ़िसके



Spread the love

मोरङमा जंगली हात्तीको आक्रमणबाट एक किसानको मृत्यु भएको छ।

सुन्दरहरैँचा नगरपालिका–१२ निवासी ६० वर्षीय भवकृष्ण घिमिरेको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई शनिबार हात्तीले आक्रमण गरेको थियो।

सुन्दरहरैँचा संगम टोल निवासी घिमिरेलाई दूध लिएर स्थानीय डेरीमा जाँदै गर्दा बिहान ५ बजेतिर हात्तीले आक्रमण गरेको हो।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घिमिरेलाई आक्रमण गरेपछि हात्तीको बथान गाउँ नजिकैको चारकोसे जङ्गलतर्फ लागेका स्थानीयले बताएका छन्।

पछिल्लोसमय झापा, मोरङसहितका पूर्वका जिल्लामा जंगली हात्तीले मानव बस्तीमा पसेर दुःख दिने क्रम बढ्दै गएको छ।