२२ वर्षीया युवतीलाई जबजरजस्ती करणी गरेको आरोप, ६५ वर्षका वृद्ध पक्राउ

 संवाददाता    २०८२, २९ मंसिर आईतवार १०:४३     342 जनाले पढ़िसके



Spread the love

२२ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको अरोपमा दैलेख प्रहरीले ६५ वर्षीय वृद्धलाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा दुल्लु नगरपालिका-७ खेतगाउँ बस्ने ६५ वर्षीय इन्द्रदेब गिरी रहेका प्रहरीले जनाएको छ।

 

 

उनलाई प्रहरीले शुक्रबार साँझ घरबाटै पक्राउ गरेर घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

 

गिरीले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।