सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेस क्षेत्रिय कमिटीले जिल्ला सचिव युवा नेता निरोज कार्कीसहित ९ जनाको नाम सिफरिस गरेको छ । शुक्रबार र शनिवार बसेको बृहत भेलाले सो शनिबार अबेर नामावली तयार गरी सिफारिस गरेको हो ।
क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ चुनाव लड्न निरज कार्की, हरेशप्रसाद महतो, विनोदकुमार खनाल, कृष्णदेव राय, रामबली राय, यशोदा निरौला चालिसे, माया कार्की बस्नेत, निरमुनी मैनाली र रमेशकुमार निरौला रहेका छन् ।
माथी उल्लिखित नामहरु क्रमश इच्छुकहरुको निवेदनकै रोलक्रम अनुसार सिफारिस गरिएको जिल्ला सचिव कार्कीले बताए।
क्षेत्र नं. ३ ले समानुपातिक उम्मेदवार र राष्ट्रियसभातर्फका उम्मेदवारको नाम भने सिफारिस गर्न सकेको छैन् । समानुपातिक र राष्ट्रियसभा तर्फका उम्मेदवारको नाम पनि भोली सिफारिस गर्ने जिल्ला सचिव कार्कीले बताए ।
यसअघि जिल्लाबाट प्रत्यक्षतफ क्षेत्र नं. १ बाट शम्भुलाल श्रेष्ठ, रामचन्द्र चौधरी र मन्दिरा आचार्य सिफरिस भएका थिए भने क्षेत्र नंं. २ बाट कार्यवाहक जिल्ला सभापति डा. सरोज कुमार र जयहरि श्रेष्ठ तथा क्षेत्र नं. ४ बाट महामन्त्री गगनकुमार थापा र मधेस प्रदेश उपसभापती बिरेन्द्र कुमार सिंह सफिारिस भएका थिए । जिल्लाको चारवटै क्षेत्रबाट सिफरिस भई आएको नामावली सोमबारसम्ममा जिल्ला कार्य समितिको बैठक बसेर क्षेत्रीय कार्य समितिहरुले गरेको सिफारिसका आधारमा सम्भावित उम्मेदवारहरुको नाम प्रदेश र केन्दीय कार्य समितिलाई पठाइने जिल्ला सचिव निरज कार्कीले जानकारी दिए।