च्यासलमा गर्ने भनेको पत्रकार सम्मेलन एमालेले सल्लाघारीमा सार्‍यो

 संवाददाता    २०८२, २७ मंसिर शुक्रबार १२:४६     151 जनाले पढ़िसके



Spread the love

एमालेले आज केन्द्रीय कार्यालय च्यासल ललितपुरमा गर्ने भनेको पत्रकार सम्मेलन सल्लाघारीमा सारेको छ।

 

शनिबार सुरु हुने आफ्नो एघारौँ महाधिवेशनबारे जानकारी गराउन एमालेले पत्रकार सम्मेलन गर्न लागेको हो।

 

 

शक्रबार बिहान ११ बजेपछि पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजना गर्ने भनिएको पत्रकार सम्मेलन भक्तपुरको सल्लाघारीस्थित महाधिवेशनस्थलमै सारिएको एमालेले जानकारी दिएको छ।

 

महाधिवेशनको तयारीलगायत सम्पूर्ण विषयमा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी गराउनेछन्।

 

 

एमालेले महाधिवेशनको उद्घाटन मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा गर्दै छ भने त्यसपछिको बन्दसत्र मंसिर २८ र २९ गते काठमाडौँको भृकुटीमण्डपमा गर्ने जनाएको छ।

 

पत्रकार सम्मेलनपछि एमालेले आजै दिउँसो सचिवालय बैठक बाेलाएको छ।