सुनचाँदीकै मूल्यमा व्यापक वृद्धि

 संवाददाता    २०८२, २७ मंसिर शुक्रबार ११:२०     190 जनाले पढ़िसके



Spread the love

आज सुनचाँदैकै मूल्यमा व्यापक वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा तीन हजार पाँचसय रुपैयाँ बढेको हाे।

हिजो तोलामा एक हजार रुपैयाँ बढेर दुई लाख ५३ हजार एकसय रुपैयाँ पुगेको सुनको मूल्य आज तोलाको दुई लाख ५६ हजार ६ सय पुगेको छ।

गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि थप बढेर अहिलेसम्मकै उच्च भएको छ।

प्रतितोला एकसय रुपैयाँ बढेर चाँदीको भाउ आज तोलाको तीन हजार नौसय पाँच रुपैयाँ पुगेको छ। चाँदीको याे मूल्य हालसम्मै सबैभन्दा महँगाे हाे।

हिजो चाँदीको भाउ तोलाको तीन हजार आठसय पाँच रुपैयाँ थियो।