देउवाबारे ओली : क्षमता भएर पटक-पटक प्रधानमन्त्री बन्नु भयो, झुक्याएर होइन

 संवाददाता    २०८२, २६ मंसिर बिहीबार १५:१९     134 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रशंसा गरेका छन्।

 

बिहीबार एमालेको ११ औँ महाधिवेशनबारे सम्पादकहरुसँगको छलफलमा क्षमता भएर नै पटक-पटक देशको प्रधानमन्त्री बनेको उल्लेख गरे।

 

 

‘शेरबहादुर देउवा जस्तो प्रमुख नेता, पटक पटक प्रधानमन्त्री भएको,’ ओलीले भने, ‘अरुले रिस गर्नु बेग्लै हो। क्षमता रहेछ र त प्रधानमन्त्री बन्नु भयो। त्यो पनि देशले पत्याएर। झुक्याएर त प्रधानमन्त्री बनेको होइन नि।’

 

संसद्मा जनतबाट चुनिएर आएका प्रतिनिधिले नै प्रधानमन्त्री बनाएको उनको जिकिर छ। ‘संसद्ले छानेर प्रधानमन्त्री भएको। संसद्मा जनताले छानेर प्रतिनिधि थिए। कसैले रिस गर्नु बेग्लै कुरा हो,’ ओलीले भने।