सेयरबजारमा सामान्य गिरावट, सुस्त कारोबार

 संवाददाता    २०८२, २६ मंसिर बिहीबार १५:१४     157 जनाले पढ़िसके



Spread the love

सेयरबजारमा सूचक र कारोबार दुवै सुस्त देखिएको छ। बिहीबार सूचक १.६६ अंकले घटेर २६०७.३७ विन्दुमा झरेको छ भने कारोबार रकम पनि साढे ३ अर्ब मात्रै छ।

 

कुल ७७ लाख कित्ता बिक्रीपछि यो परिमाणमा कारोबार भएको हो।

 

 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९८ वटा सेयर बढ्दा १४९ वटा घटेका र ११ वटा अघिल्लो मूल्यमै किनबेच भएका छन्।

 

स्वस्तिक लघुवित्तका सेयरधनीले आज पनि १० प्रतिशत कमाएका छन् भने एसवाई प्यानलका लगानीकर्ताले ९.९८ प्रतिशत आर्जन गरेका छन्। अन्य सेयरहरु कम दरले बढेका छन्।

 

 

त्यसैगरी आज मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले सर्वाधिक ८.४२ प्रतिशत गुमाएका छन्। सर्वाधिक कारोबार १८ करोडको मात्र छ। ङादी ग्रुप पावरको १८ करोड ९७ लाखको कारोबार भएको हो।