एनआइसी एसियाको लकर सेवामा विशेष छुट

 संवाददाता    २०८२, २६ मंसिर बिहीबार १२:१२     75 जनाले पढ़िसके



Spread the love

एनआइसी एसिया बैंकका ग्राहकले लकर सेवामा विशेष छुट पाउने भएका छन् । बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातलाई सुरक्षितसाथ राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा विशेष छुट सुविधा सार्वजनिक गरेको हो ।

 

 

निश्चित अवधिका लागि मात्र सार्वजनिक गरिएको यस योजनामा पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशत छुट सुविधा हुने बताइएको छ । बैंकको लकर सुविधा लिई आफ्नो बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरू ढुक्कका साथ सुरक्षित राख्न सकिने बैंकले जनाएको छ ।

 

 

बैंकले देशभरका एक सय ५० वटा बैंक शाखामा विभिन्न आकारमा लकर सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । यस छुट सुविधाबाट ग्राहकलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ ।