जेन–जी आन्दोलनलाई ‘जनआन्दोलन’को रुपमा स्वीकार

 संवाददाता    २०८२, २६ मंसिर बिहीबार १०:०१     101 जनाले पढ़िसके



Spread the love

जेन–जीको नेतृत्वमा गत भदौ २३ र २४ गते भएको आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिएको छ। सरकार र जेन–जी प्रतिनिधिबिच हस्ताक्षर भएको सम्झौतामा उक्त आन्दोलनलाई जनआन्दोलनका रूपमा स्वीकार गरिएको छ।

 

 

‘देशमा व्याप्त भ्रष्टाचार, कुशासन, दण्डहीनता, भेदभाव, बहिष्करण तथा आर्थिक–सामाजिक असमानता र अन्यायजस्ता संरचनात्मक कारणहरूबाट सिर्जित द्वन्द्वको समयमै सम्बोधन नहुँदा उत्पन्न आमवितृष्णा र निराशाले जेन–जीको नेतृत्वमा २०८२ साल भाद्र २३ र २४ गते भएको राजनीतिक–सामाजिक जनआन्दोलन निम्त्याएको…,’ सम्झौतामा उल्लेख छ।