यूएईद्वारा ‘ग्लोबल ह्युमानिटेरियन ओभरभ्यू’लाई ५५० मिलियन डलर सहयोग घोषणा

 संवाददाता    २०८२, २५ मंसिर बुधबार १६:०१     170 जनाले पढ़िसके



Spread the love

यूएईले संयुक्त राष्ट्र संघको २०२६ का लागि तयार पारिएको ‘ग्लोबल ह्युमानिटेरियन ओभरभ्यू’लाई सहयोग गर्न ५५० मिलियन अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ। यो निर्णय यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानको निर्देशनअनुसार गरिएको हो।

यस आर्थिक सहयोगको प्रतिबद्धताले दीर्घकालीन मानवीय सेवाप्रति समर्पणलाई झल्काएको यूएईले जनाएको छ । यसले द्वन्द्व, प्राकृतिक प्रकोप तथा विभिन्न विश्वव्यापी संकटबाट प्रभावित समुदायको पीडा कम गर्न, क्षमता अभिवृद्धि गर्न तथा जीवन सुधारमा योगदान पुर्‍याउने लक्ष्य रहेको समेत यूएई सरकारको भनाइ छ ।

यूएईले संयुक्त राष्ट्र संघसँगको साझेदारीलाई निरन्तर मजबुत बनाउँदै आएको छ ।