रुपन्देही-३ : कांग्रेसबाट बालकृष्ण खाणसहित ६ जना सिफारिस

 संवाददाता    २०८२, २५ मंसिर बुधबार १४:५०     122 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही-३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ६ जनाको नाम सिफारिस गरेको छ।

 

क्षेत्रीय कार्य समितिको मंगलबारको बैठकले प्रत्यक्षतर्फ खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिए।

 

 

यसैगरी, समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पाथरुनी र माधवी शर्मालाई सिफारिस गरिएको उनले बताए।रासस