नवलपुरमा एक जनाको शव फेला, हत्या आशंकामा एकजना पक्राउ

 संवाददाता    २०८२, २५ मंसिर बुधबार १३:२४     85 जनाले पढ़िसके



Spread the love

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ सुनटाँडीको राय खोल्सामा एक जनाका पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली ६ घर भई हाल विनयी त्रिवेणी गाउँपालिका २ मा डेरा गरी बस्दै आएका ४१ वर्षीय कृष्ण पुलामी मृत भेटिएका हुन् ।

 

 

उनको टाउकोमा चोट लागेको छ। घटना शंकास्पद भएको भन्दै हत्यामा सम्लग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।