२३ र २४ भदौका घटनाको छानबिनका लागि गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानमा उपस्थित गराउन प्रहरी परिचालन गर्ने तयारी गरेको छ।
२३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक बयानमा नआउने देखिएपछि आयोगले उनीहरूलाई पक्राउ गरेर बयानमा ल्याउने रणनीति बनाएको छ ।
ओलीले आयोगलाई असंवैधानिक भन्दै बयानमा नजाने अडान लिएका छन् भने आयोगले बाँकी अधिकारीहरूसँग छिट्टै बयान लिएर प्रतिवेदन तयार गर्ने तयारी गरेको छ।