एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने

 संवाददाता    २०८२, २५ मंसिर बुधबार १०:१७     166 जनाले पढ़िसके



Spread the love

काठमाडौँमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बुधबार) हुने एलिमिनेटर खेलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दै छन्।

 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतिस्पर्धा आज अपराह्न ४ बजे सुरु हुनेछ।

 

 

काठमान्डु अंकतालिकामा तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेर एलिमिनेटरमा भिड्न लागेका हुन्।

 

यो खेल जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ।

 

 

पहिलो क्वालिफायरमा सुदूररपश्चिम रोयल्ससँग ७७ रनले पराजित विराटनगरले दोस्रो क्वालिफायर खेल्ने भएको हो।

 

आज एलिमिनेटरमा हार्ने टोली भने उपाधि दौडबाटै बाहिरिनेछ।

 

त्यसैले आजको खेल काठमान्डु र लुम्बिनी दुवै जित्ने प्रयासमा हुनेछन्।

 

लिग चरणमा भएको भेटमा काठमान्डुले लुम्बिनीलाई २२ रनले हराएको थियो।

 

पहिलो खेल जितेको लुम्बिनीले त्यसपछिका तीन खेल लगातार हारेको थियो।

 

तर लुम्बिनी त्यसपछिका तीन खेल लगातार जित्दै तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको थियो।

 

लिग चरणका सात खेलमध्ये चारमा जित र ३ मा हार गर्दै ८ अंकसहित चौथो स्थानमा रहेर लुम्बिनी आज एलिमिनेटर खेल्न लागेको हो।

 

यता काठमान्डु ५ खेलमा जित र २ खेलमा हार भोग्दै १० अंकसहित तेस्रो स्थानमा रहेर एलिमिनेटर खेल्न लागेको हो।

 

विराटनगरको जत्तिकै १० अंक भए पनि नेट रनरेटमा पछि पर्दै काठमान्डु तेस्रो स्थानमा झरेको थियो।