कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै

 संवाददाता    २०८२, २५ मंसिर बुधबार १०:१४     150 जनाले पढ़िसके



Spread the love

पन्ध्रौँ महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसले आज क्रियाशील सदस्यता केन्द्रीय व्यवस्थापन समितिको बैठक राख्दै छ।

 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक जुममार्फत अहिले बिहान ८ बजे सुरु हुनेछ।

 

 

बैठकमा कांग्रेसका ७७ जिल्ला सभापति, कार्यवाहक सभापति, महामन्त्रीद्वय सहभागी हुनेछन्।

 

क्रियाशील सदस्यता केन्द्रीय व्यवस्थापन समिति महामन्त्री गगन थापाको संयोजकत्वमा छ।समितिमा केन्द्रीय सदस्यहरू योगेन्द्र चौधरी, सीता गुरुङ, प्रकाश रसाइली सदस्य छन्।

 

 

कांग्रेसले आउने पुस २६-२८ पन्ध्रौँ महाधिवेशन गर्ने निर्णय गरेको छ।

 

केन्द्रीय समितिले पारित गरेको महाधिवेशन कार्यतालिकामा पुस १२ गतेसम्म सबै तहबाट विवरण केन्द्रमा आइपुग्ने मिति राखिएको छ।

 

कांग्रेसलाई छोटो समयभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने दबाब छ।

 

अधिकांश शीर्ष नेताका जिल्लामा क्रियाशील सदस्यताको विवाद समाधान हुन सकेको छैन।