पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः तत्कालीन कानुनसचिवसमेत तानिए

 संवाददाता    २०८२, २३ मंसिर सोमबार १३:२३     91 जनाले पढ़िसके



Spread the love

पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा कानुन मन्त्रालयका सचिव भेषराज शर्मासमेत प्रतिवादी बनेका छन्। कानुन मन्त्रालयको सचिवकै हैसियतमा उनको भूमिकाको आधारमा मुद्दा दायर भएको आयोगले जनाएको छ।

 

 

३ कात्तिक २०७१ मा तत्कालीन अर्थमन्त्री डा.रामशरण महतको कार्यकक्षमा बसेको बैठकमा सचिव शर्मा पनि संलग्न थिए। सो बैठकले लागत अनुमान परिमार्जन गर्न मन्त्रिपरिषदसमक्ष सिफारिस गर्ने निर्णय गरेको आधारमा उनलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएको हो। यसमा तत्कालीन अर्थमन्त्री डा. महतलाई पनि प्रतिवादी बनाइएको छ।

 

 

आयोगले तत्कालीन पर्यटनसचिवहरू सुशील घिमिरे, सुरेशमान श्रेष्ठ तथा मोहनकृष्ण सापकोटालाई पनि प्रतिवादी बनाएको छ। सापकोटा पर्यटन मन्त्रालयको निमित्त सचिव भएको बेला त्यससम्बन्धी निर्णयमा संलग्न थिए। उनी पछि गृह मन्त्रालयको सचिवसमेत भएका थिए। पूर्वसचिवहरू सुरेश आचार्य र मधु मरासिनी सहसचिव हुँदा यससम्बन्धी निर्णय प्रक्रियामा संलग्न रहेको भन्दै उनीहरूलाई पनि अख्तियारले मुद्दा दायर गरेको छ।

 

८ अर्ब ३६ करोड ७३ लाख बिगो कायम गरी आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।