असईले गरे आफ्नै चार महिने छोराको हत्या

 संवाददाता    २०८२, २३ मंसिर सोमबार ११:४६     117 जनाले पढ़िसके



Spread the love

काठमाडौँको सिनामंगलमा बस्दै आएका नेपाल प्रहरीका एक सहायक निरीक्षक (असई) पुस्कर कार्की आफ्नै चार महिने छोराको हत्या आरोपमा पक्राउ परेका छन्।

छोरा हत्याको हत्या गरेर भाग्दै गरेको अवस्थामा नागढुंगाबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

आइतबार दिउँसाे चार बजे चार महिने छोरा माहिरको हत्या गरेर भाग्दै गरेका कार्कीलाई नागढुंगाबाट पक्राउ गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।

ब्रेन ट्युमरका बिरामी छोरालाई आइतबार दिउँसो सिनामंगलस्थित डेरामा कार्कीले घाँटी थिचेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

छोराको उपचारको विषयमा उनको श्रीमती कृष्णा कुँवरसँग विवाद हुँदै आएको थियो। कृष्णा पनि प्रहरी जवान हुन्।

उनीहरू दुवै काठमाडाैँस्थित त्रिभुवन विमानस्थलमा कार्यरत छन्।

छोराको हत्या गर्ने क्रममा उनले श्रीमतीलाईसमेत कुटपिट गरेर घाइते बनाएका छन्। कृष्णाको अहिले महाराजञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।