भारतीय प्रहरीद्वारा वीरगंजबाट नेपाली नागरिक पक्राउ

 संवाददाता    २०८२, २३ मंसिर सोमबार ११:१०     113 जनाले पढ़िसके



Spread the love

पर्साको सखुवा प्रसौनी गाउँपालिका–५, खजुरियाका मेघराज साहलाई भारतीय प्रहरीले वीरगंजस्थित राधेमाइ टोलबाट पक्राउ गरेर भारत लगेको छ। यो घटनाबारे पर्सा प्रहरी भने बेखबर रहेको पाइएको छ ।

स्रोतका अनुसार शनिबार राति भारतीय नम्बरको गाडीमा आएका सादा पोशाकका भारतीय प्रहरीले साहको गाउँ खजुरिया हुँदै मनवा बजारसम्म खोजतलास गरेको थियो । उनी वीरगंज महानगरपालिका–१३ राधेमाइ टोलमा रहेको निवासमा प्रहरी पुगेको थियो । त्यहीँबाट साहलाई नियन्त्रणमा लिएर प्रहरीले भारत लगेको परिवारजनले बताए । थार गाडीमा सादा पोशाकमा तीन भारतीय प्रहरी आएका थिए ।

केही दिनअघि भारतमा ५० किलोभन्दा बढी चरेशसहित एक व्यक्ति पक्राउ परेका थिए । उनको बयानका आधारमा साहको पनि नाम जोडिएपछि उनी भारतीय प्रहरीको खोजीमा परेको बताइएको छ । पर्सा प्रहरीले भने यस विषयमा कुनै जानकारी नभएको बताएको छ ।