अब समाजवाद चाँडै आउँछः नेपाल

 संवाददाता    २०८२, २२ मंसिर आईतवार ११:४१     110 जनाले पढ़िसके



Spread the love

नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले मुलुकमा अब ‘धुमधामका साथ समाजवाद आउने’ दाबी गरेका छन्।

 

शनिबार जनकपुरधाममा आयोजित एकता सन्देश सभामा उनले लामो समयदेखि समाजवादको रटान भइरहे पनि लागू नभएको उल्लेख गरे।

 

 

‘समाजवादी चाँडै आउँछ, धुन मच्चाएर आउँछ,’ नेपालले भने।

 

नेपालले युवा, महिला, दलित, मुस्लिम र वृद्धका हकअधिकारका लागि आफ्नो पार्टी लामो समयदेखि बोल्दै आएको दाबी गर्दै जेन–जी पुस्ताले पनि आफ्नो पार्टीलाई नै आशाको केन्द्र मानेको जिकिर उनले गरे।

 

 

नेपालले भने, ‘शोषित, पीडित र मिटरव्याजग्रस्त नागरिकहरू पनि नेपाली कम्युनिष्ट पार्टीप्रति आकर्षित भएका छन्।’