बर्दियाकी युवतीले नागरिकता नपाएर आत्महत्या गरेको घटनामा प्रधानमन्त्रीले मागिन् माफी

 संवाददाता    २०८२, २२ मंसिर आईतवार ११:३७     106 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री सुशीला कार्कीले बर्दियाको बढैयाताल-४ की एक युवतीले नागरिकता नपाएपछि आत्महत्या रोज्न बाध्य भएको घटनाले आफू गम्भीर रूपमा मर्माहत भएको बताएकी छिन्।

फेसबुकमार्फत उनले यस घटनालाई ‘समाज र राज्य दुवैका लागि ग्लानिको विषय’ भनेकी छन्। छोरीले आत्महत्या गरेपछि एक महिनामै उनका ६१ वर्षीय बाबुको समेत मृत्यु भएको थियो।

प्रधानमन्त्री कार्कीले न्यायिक र प्रशासनिक झन्झटका कारण यस्तो अवस्थाको सिर्जना भएको हो भने प्रधानमन्त्रीका हैसियतले ‘माफी चाहन्छु’ भन्दै गृहमन्त्रीलाई घटनाको गहिरो अध्ययन र छानबिनका लागि निर्देशन दिएकी छिन्।

उनले नागरिकता वा अन्य कुनै विषयमा लैंगिक आधारमा हुने विभेद र हिंसा सह्य नहुने स्पष्ट गर्दै, ‘न्यायको मार्गमा सबै पक्षले सहजीकरण गरौँ’ भन्ने आग्रह गरेकी छिन्।