सर्वदलीय बैठकमा एमालेले फेरि भन्यो: नेतालाई स्थानहद तोकेर चुनावप्रति कसरी विश्वस्त हुने?

 संवाददाता    २०८२, २१ मंसिर शनिबार ०९:३३     144 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेले नेतहरूलाई स्थान हद तोकेर चुनावको वातावरण बन्न नसक्ने दोहोर्‍याएको छ।

 

शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा एमाले नेता महेश बर्तौलाले प्रमुख पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्थान हद तोकेर कस्तो खालको निर्वाचन गर्न खोजेको भन्दै प्रश्न गरे।

 

 

‘नेकपा एमालेको अध्यक्षलाई स्थान हद लगाएर निर्वाचन हुँदैन भन्ने कुरा प्रष्ट छ त्यसकारण निर्वाचनको यो कोठे पैरवीप्रति विश्वस्त छैनौँ’ बैठकमा राखेका धारणाबारे बर्तौलाले भने।

 

यस्तै, उनले भयरहित वातावरणमा चुनाव गराउन सकिन्छ भन्ने कुरा सुरक्षा प्रमुखहरूले गर्न नसकेको बर्तौलाले बताए।

 

 

उनले भने, ‘सामान्य औपचारिक भाषामा सुरक्षा थ्रेट छ त्यसलाई कन्ट्रोल गर्न सक्ने कुरामा हामी सामर्थ्य राख्छौँ भन्ने मात्र रह्यो।’