हेलिपोर्ट भ्रष्टाचार : अधिकारी र भण्डारीको थुनछेक न्यायाधीशत्रय पौडेल, रावल र कोइरालाको इजलासमा

 संवाददाता    २०८२, २० मंसिर शुक्रबार १२:५९     108 जनाले पढ़िसके



Spread the love

नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई आज (शुक्रबार) विशेष अदालतमा उपस्थित गराइएको छ।

उनीहरूको थुनछेक बहसका लागि विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलास तोकिएको छ।

सम्झौताबमोजिम विस्तृत अध्ययन प्रतिवेदन पेसै नगरी र अन्य प्रक्रिया पनि पूरा नगरी हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको निष्कर्ष निकाल्दै अधिकारी र भण्डारीलाई गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो।

लामो समयको अनुसन्धानपछि अख्तियारले बुधबार उड्डययन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।