नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै ७६ जना कर्मचारीका लागि खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
बैंकले तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीमा सहायकसम्म दरखास्त आह्वान गरेको छ । जसमा तृतीय श्रेणीमा अर्थशास्त्रतर्फ एकजना, व्यवस्थापकतर्फ एकजना, प्रशासनतर्फ ३९ जना, लेखातर्फ १० जना, वाणिज्य कानुनतर्फ चारजना सहायक निर्देशक माग गरेको छ ।
यस्तै, द्वितीय श्रेणीतर्फ २१ जना प्रशासन सहायक माग गरेको छ ।
इच्छुक नेपाली नागरिकले आजदेखि पुस १० गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर पुस १७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।
हेर्नुहोस् सूचना :


