महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न एमालेले गर्‍योे टेन्डर आह्वान

 संवाददाता    २०८२, १९ मंसिर बिहीबार १९:३०     139 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेले आसन्न एघारौँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ।

 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने बताए।

 

 

एमालेले यसअघि चितवनमा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो।

 

‘हामीले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेका छौँ’ ज्ञवालीले भने, ‘टेन्डर आह्वान भइसकेको छ। चाँडै नै कुन कम्पनीले गर्ने भन्ने निर्णय हुन्छ।’

 

 

महाधिवेशनले यसपटक एमालेमा १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी चयन गर्ने छ।

 

गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी सङ्ख्या घटाएको थियो।

 

एमाले महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुने छन्।

 

एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदै छ।

 

महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा हुने एमालेले जनाएको छ।