काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले योमरी पुन्हीलाई संस्कारका रुपमा मनाउनुपर्ने बताएकी छन्।
२२औँ राष्ट्रिय ज्यापु दिवस तथा योमरी पुन्हीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले ज्यापु दिवसले मेहनत, माटो र पहिचान दर्शाउने उल्लेख गरिन्।
उपमेयर डंगोलले यामरी पुन्ही एउटा पर्व मात्र नभइ संस्कार भएको जिकिर गरिन्। उनले आजको दिनलाई विभिन्न जात्रा, पर्व, परम्परा मात्रै नभइ अस्तित्वको रुपमा लिनुपर्ने उल्लेख गरिन्।
आजको दिन काठमाडौं उपत्यकाका नेवार समुदायले नयाँ धान घरमा भित्र्याउने र नयाँ धानबाट बनाइएको योमरी देवी अन्नपूर्णलाई अर्पण गर्ने परम्परा रहेको छ।
उनले भनिन्, ‘आजको ज्यापु दिवसले ज्यापुहरुको मेहनत, माटो र अझ हाम्रो पहिचान दर्शाइरहेको छ। त्यसकारण पनि आजको दिन महत्वपूर्ण छ। यो हामीले पर्व मात्र होइन, संस्कारको रुपमा लिनुपर्दछ। आजको दिनलाई हाम्रा विभिन्न जात्रा, पर्वलाई परम्परा मात्रै होइन, अस्तित्वको दिनका रुपमा लिनुपर्छ। नयाँ धान उब्जनी गरिसकेपछि नयाँ धान घरमा भित्र्याउँछौँ आज। नयाँ धानबाट योमरी बनाएर अन्नपूर्णलाई अर्पण गर्दछौँ।’
उपप्रमुख डंगोलले नेपालीको नाम विश्वव्यापी रुपमा गर्व गर्न लायक बनाउनुपर्नेबताइन्।