कान्ति राजमार्ग दुई महिना बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको सार्वजनिक सूचनाअनुसार यही मंसिर २० गतेदेखि ६० दिन कान्ति राजमार्ग बन्द हुनेछ ।
सडक विस्तारका ६० दिनसम्म बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म कान्ति राजमार्ग सडक बन्द हुने सूचनामा उल्लेख छ । सिडिओ कार्यालयका अनुसार सडक विस्तार कार्यसहितका काम भइरहेकाले ६० दिन सवारी आवागमन बन्द गरिनेछ ।
कान्ति राजमार्ग सडक योजना एकान्तकुना ललितपुरको च.नं. १३४ मिति २०८२।०८।१६ गतेको पत्रबाट उक्त सडक योजनाको कार्यक्षेत्र अन्तर्गत रहेका उल्लेखित स्थानहरुमा च्यबम ध्ष्मभलष्लन तथा ऋगततष्लन कार्य भइरहेकोले कार्य प्रभावकारी रुपमा सम्पन्न गर्न मिति २०८२ । ०८ । २० गतेदेखि ६० (साठी) दिनसम्म बिहान ११ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रुपमा बन्द हुने भनी लेखि आएको हुँदा सो अवधिभर कान्ति राजमार्ग हुदै यात्रा गर्ने सवारी साधनहरुले वैकल्पिक मार्ग प्रयोग गर्नु/गराउनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ,’ जारी सूचनामा उल्लेख छ ।
