जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

 संवाददाता    २०८२, १९ मंसिर बिहीबार ११:२३     102 जनाले पढ़िसके



Spread the love

सप्तरीको कंचनरूप नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ। मृत्यु हुनेमा कंचनरूप नगरपालिका वडा नम्बर ५, पिप्रा पूर्व निवासी ६५ वर्षीय नारायण खङ रहेका छन्। इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डीएसपी माधव प्रसाद काफ्लेका अनुसार, मृतक खङ घरबाट करिब २ किलोमिटर टाढा रहेको आफ्नै खेतमा काटेर राखिएको धान कुर्न गएका थिए।

 

 

खेतमा सुकाइराखिएको धान जोगाउन उनी त्यहीँ सुतिरहेका थिए। सोही क्रममा कोशी टप्पु वन्यजन्तु आरक्षतर्फबाट आएको जंगली हात्तीले सुतिरहेकै अवस्थामा उनलाई अचानक आक्रमण गरी कुल्चिएको प्रहरीले जनाएको छ। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका खङलाई स्थानीयवासीले उद्धारको प्रयास गरे पनि बचाउन सकेनन्। उनको घटनास्थलमै ज्यान गएको बताइएको छ।