श्रीलंकाली समकक्षीसँग प्रधानमन्त्री कार्कीको टेलिफोन वार्ता :

 संवाददाता    २०८२, १९ मंसिर बिहीबार ०६:३९     169 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री सुशीला कार्की र श्रीलंकाली समकक्षी डा. हरिणी अमरसुरियाबिच आज टेलिफोन वार्ता भएको छ।

 

 

वार्ताका क्रममा श्रीलंकाका प्रधानमन्त्री अमरसुरियाले नेपालबाट दुई लाख अमेरिकी डलरबराबरको सहायता प्राप्त भएकामा आभार व्यक्त गरेका छन्।

 

 

नेपाल सरकारले श्रीलंकामा आएको बाढीमा परी फसेका जनताको उद्धार तथा राहतका लागि दुई लाख अमेरिकी डलर सहयोग प्रदान गरेपछि श्रीलंकाली प्रधानमन्त्री अमरसुरियाले टेलिफोन गरी भनिन्-, ’हामीकहाँ विपद् परेका वेला सहयोग पठाइदिनुभयो। यसका लागि धन्यवाद छ। आभारी छौँ।’

 

जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘छिमेकी हुनुको नाताले एउटालाई समस्या पर्दा अर्काले साथ दिनुपर्छ। त्यो हाम्रो कर्तव्य र धर्म नै हो। यो कठिन घडीसँग जुध्नका निम्ति हामी तपाईँहरूसँगै छौँ।’

 

प्रधानमन्त्री कार्कीले जेन-जी आन्दोलन र त्यसपछि मुलुकमा उत्पन्न परिस्थितिका विषयमा पनि जानकारी गराएकी थिइन्। दुई देशका प्रधामन्त्रीबिच आज बुधबार साँझ सवा ८ बजेबाट करिब ४ मिनेट कुराकानी भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनएको छ।