गत २४ भदौको प्रदर्शनका क्रममा काठमाडौं महानगर–२४, विशालबजारस्थित पिसिसिबी जनसेवाबाट खटिएका प्रहरीमाथि कुटपिट गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।
प्रहरी कर्मचारीहरूलाई कुटपिट गरी साथमा रहेको धनमाल लुटपाट गरेको आरोपमा प्रहरीले मंगलबार काष्ठमण्डप मरुटोलबाट दुईजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडाैं– २०, चिकामुगल बस्ने ४१ वर्षीय निरज चित्रकार र काठमाडौं–१०, दमाईंटोल घर भई मरुटोल बस्ने ४० वर्षीय राजकुमार क्षेत्री रहेको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
उनीहरूमध्ये चित्रकारविरुद्धमा यसअघि ज्यान मार्ने उद्योग मुद्दामा प्रहरी वृत्त जनसेवामा मुद्दा चलेको पाइएको प्रहरीले जनाएको छ।