हामी एक नभए पुराना दललाई रेडकार्पेट ओछ्याएजस्तो हुन्छ : सुमना श्रेष्ठ

 संवाददाता    २०८२, १९ मंसिर बिहीबार ०६:३६     146 जनाले पढ़िसके



Spread the love

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले नयाँ दल र समूहलाई एक हुन आह्वान गरेकी छिन्।

 

 

बुधबार कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै श्रेष्ठले सबैलाई मन फराकिलो गरेर सँगै अघि बढ्न आग्रह गरिन्।

 

 

भदौ २३ र २४ गते जनताले सडकबाट पुरानो राजनीतिक संस्कारको अन्त्य चाहेको बताउँदै उनले भनिन्, ‘सबैजना छुट्टाछुट्टै बाटोमा जाने हो भने पुराना पार्टीहरूलाई रेडकार्पेट राखेर आउनुस्, फेरि त्यही रिपिट गर्नुस् भन्ने हुन्छ।’