हिजो तोलामा तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज आठसय रुपैयाँ बढेको छ।
सुनको मूल्य आज प्रतितोला दुई लाख ५४ हजार एकसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार तीनसय रुपैयाँ थियो।
गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला १२० रुपैयाँ बढेर चाँदीको भाउ आज तोलाको तीन हजार ६ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो। विगत केही दिनदेखि चाँदीको मूल्य निरन्तर बढिरहेको छ।