कुशल मल्लको छक्का प्रहारले एनपीएलकी चेयर लिडर घाइते

 संवाददाता    २०८२, १७ मंसिर मंगलवार १३:४५     300 जनाले पढ़िसके



Spread the love

नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजका कुशल मल्लले प्रहार गरेको छक्काले चेयर लिडर घाइते भएकी छिन्।

उनले जनकपुर बोल्ट्सविरुद्धको खेलमा छक्का प्रहार गर्दा क्रिकेट मैदानमै रहेकी चेयर लिडरको नाकमा बलले लागेको थियो।

मल्लले अन्तिम ओभरको चौथो बलमा छक्का प्रहार गरेको बल उनको नाकमा लागेको हो। बलले लागेपछि चेयर लिडरको नाकबाट रगत समेत बगेको थियो।

हरेक खेलको चौका र छक्कामा चेयर लिडरले सेलिब्रेट गर्ने गर्दछन्।