हङकङ आगलागी : १३ जना गिरफ्तार

 संवाददाता    २०८२, १७ मंसिर मंगलवार ११:४५     138 जनाले पढ़िसके



Spread the love

हङकङको वाङ फुक कोर्टमा आगलागी हुनुमा लापरबाही गरेको आरोप लगाउँदै प्रहरीले अहिलेसम्म १३ जनालाई पक्राउ गरेको छ।

 

सोमबार स्थानीय अधिकारीहरूले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन्।

 

प्रहरीका घटनाको विस्तृत अनुसन्धान अझै जारी छ र आवश्यक परे थप व्यक्ति पक्राउ गर्न सकिने सम्भावना छ।

 

आगो लागेका भवनबाट संकलित २० वटा निर्माण जालीका नमुनामध्ये ७ वटा जाँचका क्रममा आगो प्रतिरोधको न्यूनतम मापदण्ड समेत पूरा नगरेको पुष्टि भएको अधिकारीहरूले बताएका छन्।

 

यिनै कमजोर निर्माण जालीका कारण आगो अत्यन्त तीव्र गतिमा फैलिएको हुन सक्ने प्रारम्भिक निष्कर्ष आएको छ।

 

गत बुधबार हङकङमा भएको आगलागीमा परेर १५१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने घटनास्थलमा खोजी जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान अधिकारीहरूले गरेका छन्।