सुनको मूल्य तोलामा १४ सयले बढ्यो

 संवाददाता    २०८२, १६ मंसिर सोमबार १४:४९     103 जनाले पढ़िसके



Spread the love

नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको हो ।

 

 

आइतबार प्रतितोला दुई लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर प्रतितोला दुई लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

 

 

चाँदीको मूल्यसमेत प्रतितोला ४५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

 

आइतबार प्रतितोला तीन हजार चार सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तीन हजार ५३५ रुपैयाँ कायम भएको छ ।