नेकपा एमाले उदयपुरले निर्वाचनमार्फत महाधिवेशन प्रतिनिधि चयन गरेको छ । एमालेको ११औँ महाधिवेशनका लागि उदयपुरबाट १४ जना प्रतिनिधि निर्वाचनबाट चयन भएका हुन् ।
एमाले उदयपुरका जिल्ला उपसचिव हेम खड्काका अनुसार निर्वाचन प्रक्रियाबाट १४ जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
जसमा निर्वाचन क्षेत्र १ मा खुलाबाट ११६७ मत ल्याउँदै कालुमान लामा, दुर्गाकुमार थापा ९९७, भागवत राउत ११४५ मतका साथ निर्वाचित भएका छन् । यसैगरी महिलामा कान्ता राई ७१७, महेश्वरी राई १२८० मतका साथ महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । युवातर्फ सुरेन्द्र राई ११४४ मतका साथ निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र १ मा एमालेको कुल २१९४ मत खसेको थियो ।
यसैगरी, उदयपुरको निर्वाचन क्षेत्र २ मा जम्मा १६४० खसेको थियो । जसमा खुलातर्फ अम्बर रायमाझी १३०३, जीवनाथ दाहाल ५५१, ज्ञानेन्द्र श्रेष्ठ ६३७ मतका साथ विजयी भएका छन् ।
महिलातर्फ कुमारी आले ८४९, गीता खडका ८७० मतका साथ महाधिवेशन प्रतिनिधि चयन भएका छन् । युवातर्फ हेम खडका ६८९ मतका साथ विजयी भएका छन् । यसैगरी, दलितर्फ जिल्लाकै एक काेटामा लालबहादुर रम्तेल १७५ निर्वाचित भएका छन् । १४ जनकाे महाधिवेशन प्रतिनिधि काेटाकाे लागि ५० जनाभन्दा बढीकाे उम्मेदवारी परेकाे थियाे ।