बढ्यो लघुवित्त कर्जाको सीमा, १५ लाखसम्म पाइने

 संवाददाता    २०८२, १६ मंसिर सोमबार १२:३५     111 जनाले पढ़िसके



Spread the love

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। सोमबार नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले उक्त समीक्षा स्वीकृत गरी सार्वजनिक गरेको हो।

मौद्रिक नीति समीक्षा गर्दै राष्ट्र बैंकले नीतिगत दर घटाएको छ। यसअघि कायम रहेको नीतिगत दर ४.५० प्रतिशतबाट घटाइ ४.२५ प्रतिशत कायम गरेको छ।

यसैगरी करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत कायम गरिएको छ। तल्लो सीमाको रुपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई २.७५ प्रतिशत यथावत राखिएको छ।

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट धितोामा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाखबाट वृद्धि गरी १५ लाख कायम गरेको छ। यसैगरी बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा ५० लाखबाट वृद्धि गरी १ करोड कायम गरेको छ।