पटकपटक स्थगित कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै, महाधिवेशन कार्यतालिका ल्याउने तयारी

 संवाददाता    २०८२, १६ मंसिर सोमबार ०९:१४     110 जनाले पढ़िसके



Spread the love

पटकपटक स्थगित नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि आज (सोमबार) का लागि तय गरिएको छ।

 

आइतबार सभापति शेरबहादुर देउवाको भाडाको निवास (महाराजगन्ज) मा बसेको पदाधिकारी र केही नेतासहितको छलफलमा पार्टीको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ गतेसम्म गर्ने सहमति भएपछि कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने भएको हो।

 

 

आज दिउँसो २ बजे बस्ने बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन कार्यतालिका पेस गर्ने तयारी छ।

 

एक महिनाअघि नै सुरु कांग्रेस केन्द्रीय समिति बैठक महाधिवेशन विवादकै कारण अवरुद्ध छ।

 

 

गत असोज २८ देखि महाधिवेशनको विवादमा अल्झिएको कांग्रेसले सभापति देउवाको निर्देशनबमोजिम निकास निकालेको हो।

 

असोज २८ गते उपसभापति खड्कालाई कार्यवाहक जिम्मेवारी दिएर उपचारका लागि देशबाहिर गएका देउवा एक महिनापछि फर्किँदासम्म नेताहरूले सहमति जुटाउन नसकेपछि आफैँ सहजीकरणका लागि सक्रिय भएका हुन्।