प्रभु बैंकका सीईओ शेरचन पक्राउ

 संवाददाता    २०८२, १५ मंसिर आईतवार १६:३७     419 जनाले पढ़िसके



Spread the love

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् । आर्थिक अपचलनको आरोपमा उनलाई आज पक्राउ गरिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले उनलाई नियन्त्रणमा लिएको प्रवक्ता एसएसपी शिव श्रेष्ठले बताए ।

यसअघि प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेका थिए । उनीविरुद्ध ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिएकी थिइन्।

भट्टचनमाथि अनुसन्धानका क्रममा बैंकका सीईओ शेरचनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने कारण पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।