नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले आफ्ना ६ वैज्ञानिकसहित ११ कर्मचारी सम्पर्कविहीन भएपछि सार्वजनिक सूचना निकालेको छ ।
आइतबार (मंसिर १४) नार्कले जारी गरेको सूचनाअनुसार वैज्ञानिकहरु अच्युत मिश्र, नविन कुमार दंगाल, होमन रेग्मी, संजिव गौतम, देवराज चालिसे, प्रतिष्ठा अधिकारी र दिनेश बाबु थापामगर तथा विभिन्न तहका कर्मचारीहरुमा डा. सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली र अस्मिता श्रेष्ठ सम्पर्कविहीन भएका हुन् ।
अध्ययन बिदा लिएदेखि अनुपस्थित भएका उनीहरुलाई हालसम्म सम्पर्कमा नआएकाले सेवाबाट हटाउने प्रक्रियाअनुरुप नार्कले सार्वजनिक सूचना निकालेको हो ।
बिदामा बस्नुअघि बिदा सकिएपछि हाजिर हुन आउने कबुलियतनामा गरेका उनी बिदा सकिए पनि उपस्थित नभएका हुन् । उनीहरुलाई स्पष्टीकरणसहित ७ दिनभित्र उपस्थित हुन भनिएको छ ।
